आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट मर्नेको संख्या २० लाख नाघ्यो, सवा ९ करोडभन्दा बढी संक्रमित

कोरोनाबाट मर्नेको संख्या २० लाख नाघ्यो, सवा ९ करोडभन्दा बढी संक्रमित

गत वर्षको डिसेम्बरमा चीनको वुहान सहरमा पहिलोपल्ट देखा परेको कोरोना भाइरस (कोभिड–१९) महामारी अझै साम्य भएको छैन।
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

काठमाडौं– गत वर्षको डिसेम्बरमा चीनको वुहान सहरमा पहिलोपल्ट देखा परेको कोरोना भाइरस (कोभिड–१९) महामारी अझै साम्य भएको छैन। विश्वभर नै फैलिएको यो भाइरसबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या अहिले पनि बढ्दो क्रममा नै छ। 

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २० लाख नाघेको छ। 

सबैभन्दा बढी अमेरिकामा ३ लाख ९० हजारभन्दा बढीले ज्यान गुमाएका छन्। त्यसपछि दोस्रोमा ब्राजिलमा करिब २ लाखको मृत्यु भएको छ भने तेस्रो नम्बरमा रहेको भारतमा करिब डेढ लाखको मृत्यु भइसकेको छ।

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ करोड ३० लाख नाघेको छ।

यसैबीच, विभिन्न देशमा कोरोना विरुद्धको खोप लगाउने काम पनि भइरहेको छ। 


 

प्रकाशित: Jan 16, 2021| 01:58 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।