आइतबार, भदौ २१, २०८३

निर्वाचनले मात्र समस्याको समाधान हुँदैन : भट्टराई

जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले निर्वाचनले मात्र समस्याको समाधान नहुने बताएका छन्।
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

गोरखा- जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले निर्वाचनले मात्र समस्याको समाधान नहुने बताएका छन्।

गोरखा सदरमुकाममा आज (शुक्रबार) पत्रकार भेटघाट कार्यक्रममा उनले अघिल्लो संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार दिँदा बहुमतको सरकार पनि ५ वर्ष टिक्न नसकेकाले स्थिर सरकारका लागि अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिएको दाबी गरे।

पूर्व प्रधानमन्त्री भट्टराईले सर्वोच्च अदालतले संसद् विघटनलाई खारेज गरिदिए समस्याको समाधान सजिलो ढङ्गले हुने बताए। संविधान निर्माणका क्रममा यस्ता खालका समस्याको समाधानका लागि संविधानमा नै संवैधानिक अदालतको व्यवस्था गर्नुपर्छ भन्ने पक्षमा आफूहरुको अडान भए पनि अहिलेको संविधानमा त्यस्तो व्यवस्था गर्न नसकिएकाले अहिले अभाव खड्किएको डा भट्टराईको भनाइ थियो।

उनले अहिलेको समस्या समाधानका लागि सबै पक्ष, राजनीतिक दल एक हुनुपर्छ भन्ने पक्षमा जसपाको चाहना रहेको बताए।

‘संसद् विघटनको विषयमा मूख्य रुपमा नेपाली कांग्रेसको अलि बढी अस्पष्टता भयो, कांग्रेसमा दुई धार प्रष्ट देखिएको छ’, डा भट्टराईले भने, ‘दाहाल–नेपाल पक्षको ओली पक्षसँग निर्णायक सम्बन्धविच्छेद त्यसको कारण रहेको छ।’

उनले भने, ‘कुनै व्यक्तिलाई संविधानविपरीत अनधिकृत ढङ्गले संविधानका आधारभूत कुरालाई भत्काउने अधिकार दिइयो भने भोलि चुनाव पछि आउने सरकारले पनि भत्काउँछ, फेरि त्यसपछि आउनेले पनि भत्काउँछ, त्यसो गर्दा संविधान त ध्वस्त हुन्छ।’ रासस

प्रकाशित: Jan 15, 2021| 14:41 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।