आइतबार, भदौ २१, २०८३

मोटरसाइकल चोरीको आरोपमा चार जना पक्राउ

मोटरसाइकल चोरीको आरोपमा प्रहरीले दुई १४ वर्षीय किशोरसहित चार जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

भक्तपुर- मोटरसाइकल चोरीको आरोपमा प्रहरीले दुई १४ वर्षीय किशोरसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–८, घ्यापेडाँडा बस्ने १८ वर्षीय कृष्ण थिङ र काभ्रेपलाञ्चोक पनौती नगरपालिका–८ बस्ने १८ वर्षीय अनिश श्रेष्ठ छन्। प्रहरीले पक्राउ परेका १४ वर्षीय दुई किशोरको परिचय भने सार्वजनिक गरेको छैन।

प्रहरीका अनुसार भक्तपुर नगरपालिका–४ स्थित राममन्दिरमा पार्किङ गरी राखेको बा ३२ प ७९५३ नं को २०० सीसीको रातो रङको पल्सर मोटरसाइकल बिहीवार चोरी भएको घटनाको अनुसन्धानको क्रममा थिङसहितका चार जनालाई सुडालबाट पक्राउ गरिएको हो। 

सूर्यविनायक नगरपालिका–८ थापा पार्टी प्यालेस बस्ने राजन पोतामाहाले रामन्दिरबाट मोटरसाइकल चोरी भएको जानकारी प्रहरीको कन्ट्रोलमा दिएको र सो घटनाको अनुसन्धानका क्रममा सवारी जाँच गर्दा थिङलगायतलाई सुडालबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए।

‘सुडालको रानीबारीमा प्रहरी प्रभाग सुडालका प्रहरी सहायक निरीक्षक पुष्कर थापा नेतृत्वको टोलीले सवारी जाँच गर्नेक्रममा ती चार जनालाई मोटरसाइकल डोर्याउँदैं ल्याइरहेको अवस्थामा पक्राउ गरिएको हो’, उनले भने।

पक्राउ गररेकालाई चोरी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी कारबाही भइरहेको र १४ वर्षीय दुई किशोरलाई भक्तपुरकै बाल सुधारगृहमा राखी कारवाही भइरहेको गिरिले बताए। रासस

प्रकाशित: Jan 15, 2021| 14:16 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।