आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारी सेवा मोबाइलबाटै प्राप्त गर्न 'नागरिक एप' सार्वजनिक

सरकारी सेवा मोबाइलबाटै प्राप्त गर्न 'नागरिक एप' सार्वजनिक

सरकारी सेवा मोबाइलबाटै उपलब्ध गराउने उद्देश्यले सरकारले ‘नागरिक एप’ सार्वजनिक गरेको छ।
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

काठमाडौं- सरकारी सेवा मोबाइलबाटै उपलब्ध गराउने उद्देश्यले सरकारले ‘नागरिक एप’ सार्वजनिक गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्षको अध्ययन, अनुसन्धान र प्रणाली विकासपछि नागरिक समक्ष 'नागरिक एप' सार्वजनिक गरिएको बताएका छन्।

उनले एक भिडियो सन्देश जारी गर्दै सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पुरा गर्ने संकल्पसाथ आफ्नो काम गरिरहेको भन्दै सरकार गठन भएदेखि नै नागरिकलाई सरल र सहज सेवा दिन तत्पर रहँदै आएको बताए।

नागरिकले प्राप्त गर्ने सरकारी सेवालाई सूचना प्रविधिसँग जोड्न नागरिक एप तयार गरिएको प्रधानमन्त्री ओलीले बताए।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने नेपाल सरकारको लक्ष्य सफल बनाउन नागरिक एपको सार्वजनिक परीक्षणको रुपमा आजै (शुक्रबार) बाट ‘बेटा भर्सन’ शुभारम्भ भएको जनाएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपालका हरेक नागरिकलाई प्रविधिमार्फत् सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न सकिने नागरिक एप अधिकतम प्रयोग गरी लाभ लिन सबैमा हार्दिक अनुरोध गरेका छन्।

यो एपबाट नागरिकले प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत् नै जानकारी लिन सक्ने मन्त्रालयले जनाएको छ। साथै एपबाट नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न सकिने तथा नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम र ऋण विवरणहरुको जानकारी लिन सकिने मन्त्रालयको दाबी छ।

‘लाईन होइन, अनलाइनबाट २४ सै घण्टा सरल, सहज र प्रभावकारी सरकारी सेवाका लागि नागरिक एप’ भन्ने नाराका साथ सुरु गरिएको  एपमार्फत् हेलो सरकारमा गुनासो गर्न सकिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

सरकार तथा सार्वजनिक निकायले नागरिकका गुनासो सुनुवाई गरी सम्बोधन गरिएको पनि यसैबाट हेर्न सकिने र यो एपको प्रयोगबाट फेसलेस, पेपरलेस र समयको बचत हुने तथा सार्वजनिक बिदाको दिन पनि सेवा लिन सकिने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

नागरिक एप एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले प्ले स्टोरमा र आइफोन प्रयोगकर्ताले एप स्टोरबाट नागरिक एप बेटा डाउनलोड गर्नुपर्ने छ।

आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरको आधारमा नेपाल टेलिकम र एनसेलको सीममार्फत एपको प्रयोग गर्न सकिने जनाइएको छ। उक्त सेवा प्राप्त गर्न सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता, मतदाता वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्ने बताइएको छ।

यस एपमा आगामी दिनमा मालपोत, भूमिसुधार, सवारी कर, चालक अनुमतिपत्र लगायतका आमनागरिकसँग सरोकार हुने सेवाहरू थप गर्दै लगिने मन्त्रालयले जनाएको छ।

हाललाई परीक्षणको रूपमा अघि बढाईएको नागरिक एपवाट प्रवाह गरिने सरकारी सेवाहरु पारदर्शी, भरपर्दो र सुरक्षित हुने सरकारी दाबी छ।

प्रकाशित: Jan 15, 2021| 13:53 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।