आइतबार, भदौ २१, २०८३

जनकपुरमा बाक्लो हुस्सुका कारण सबै उडान प्रभावित

केही दिनयता चिसो बढेपछि जनकपुरधाम लगायत तराई मधेसमा जनजीवन प्रभावित भएको छ।  
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

जनकपुरधाम- केही दिनयता चिसो बढेपछि जनकपुरधाम लगायत तराई मधेसमा जनजीवन प्रभावित भएको छ।  

केही दिनयता  हुस्सु र शीतलहर बढेपछि जनजीवन प्रभावित भएको हो।  शीतलहर र हुस्सुका कारण शुुक्रबार जनकपुरधाम विमानस्थलको सम्पूर्ण हवाई सेवा प्रभावित भएको छ  

बिहानैदेखि बाक्लो कुहिरो लागेपछि काठमाडौं–जनकपुरधामको उडान रद्द भएको हो। विमान अवतरण तथा उडानका लागि आवश्यक ‘भिजिबिलिटी’ नपुगेपछि सम्पूर्ण उडान रद्द गरिएको जनकपुरधाम विमानस्थलको कार्यालयले जनाएको छ। 

मौसम अनुकूल भएमात्र हवाईसेवा सञ्चालन हुन सक्ने जनकपुरधाम विमानस्थलका अधिकृत विकास झाले बताए। 

बाक्लो कुहिरो तथा शीतलहरका कारण बिहान ९ बजेर १० मिनेटमा बुद्ध एयरलाइन्स, १२ बजेर ३० मिनेटमा श्री एयरलाइन्स, १ बजेर ३० मिनेटमा यति एयरलाइन्स, ३ बजे बुद्ध एयरलाइन्स, ५ बजे बुद्ध एयरलाइन्सको उडान प्रभावित भएको हो।  

जनकपुरधाम विमानस्थल भएर दैनिक औसतमा सात सय यात्रु आवतजावत गर्छन्।  उडान प्रभावित भएपछि कयौं यात्रु विमानस्थलमै अलपत्र थिए। 

विमानस्थलको मौसम शाखाका अनुसार जनकपुरधामको तापक्रम शुक्रबार यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ। विमानस्थलको मौसम शाखाका अनुसार साँझ ५ बजेसम्म जनकपुरधामको तापक्रम १२ डिग्री सेल्सियस थियो।

प्रकाशित: Jan 15, 2021| 12:43 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।