काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
आज शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
बैठकपछि स्थायी कमिटी सदस्य भीम रावलले भने, ‘केपी शर्मा ओलीले पार्टीको विधान, उद्देश्य र लक्ष्यविपरीत गतिविधि अगाडि बढाएकोले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। साथै महासचिव विष्णु पौडेललाई पनि सोही अभियोगमा कारबाही गर्ने निर्णय भएको छ।’
यसअघि उक्त समूहको केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीलाई केन्द्रीय कमिटी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो।