आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा दाहाल–नेपाल समूहले प्रदेश १ का अध्यक्षलाई हटायो, १६ माघमा शक्ति प्रदर्शन

नेकपा दाहाल–नेपाल समूहले प्रदेश १ का अध्यक्षलाई हटायो, १६ माघमा शक्ति प्रदर्शन

नेकपाको दाहाल–नेपाल समूहले प्रदेश १ को अध्यक्षमा घनेन्द्र बस्नेतलाई चयन गरेको छ।
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहले प्रदेश १ को अध्यक्षमा घनेन्द्र बस्नेतलाई चयन गरेको छ। 

पार्टी कार्यालय पेरिसडाँडामा आज शुक्रबार बसेको स्थायी कमिटी बैठकले देवराज घिमिरेलाई हटाएर बस्नेतलाई अध्यक्षमा चयन गरेको हो।

त्यसैगरी प्रदेशको सहइन्चार्चमा राजेन्द्र राई र जयन्ती राई चयन भएका छन्।

यसैगरी बैठकले यही माघ १६ गते काठमाडौमा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको छ।

बैठकले केपी ओली नेतृत्वको सरकार कामचलाउ भइसकेको दाबी गर्दै भारतसँग दिर्घकालीन महत्व राख्ने र राष्ट्रिय हितमा आँच आउने कुनै पनि कुराकानी र सम्झौता नगर्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिएको छ। 
 

प्रकाशित: Jan 15, 2021| 12:00 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।