आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आन्दोलनका पक्षमा अभूतपूर्व एकता देखिएको नेकपा दाहाल–नेपाल समूहको निष्कर्ष

आन्दोलनका पक्षमा अभूतपूर्व एकता देखिएको नेकपा दाहाल–नेपाल समूहको निष्कर्ष

 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहले संविधानको पक्षमा र संसद् विघटनको निर्णयविरुद्ध अभूतपूर्व एकता देखिएको निष्कर्ष निकालेको छ। यो एकताको उपयोग गर्दै आन्दोलन चर्काउने नेकपाको तयारी छ।

पार्टी कार्यालय पेरिसडाँडामा आज शुक्रबार बसेको स्थायी कमिटी बैठकपछि नेता रघुजी पन्तले संसद् विघटनविरुद्धको आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय पार्टीले गरेको जानकारी दिए। पन्तले भने, ‘बैठकमा आन्दोलनको स्वरुपबारे छलफल भयो। कतिपय स्थायी कमिटी सदस्यले लिखित रुपमै पनि प्रस्ताव ल्याउनुभएको छ। संयुक्त नभए आफ्नै शक्तिअनुसार आन्दोलन चलाउने सुझाव पनि आएका छन्।’

बढीभन्दा बढी नागरिकलाई कसरी सहभागी गराउने भनेर विभिन्न मोडालिटीबारे छलफल भएको बताउँदै पन्तले संघर्ष समितिले छलफल गरेर आन्दोलनका कार्यक्रम तय गर्ने जानकारी दिए। ‘हाम्रो मूल ध्येय आन्दोलनबाटै संसद् पुनर्स्थापना गर्ने हो। सँगसँगै पार्टी संगठन विस्तार र शुद्धीकरण पनि हुँदै जान्छ। केही महिना आन्दोलनमै जान्छ अब हाम्रो,’ उनले भने।

पन्तका अनुसार बैठकमा सबै प्रदेशका इन्चार्जले आफ्नो क्षेत्रको स्थिति सुनाएका थिए। ‘पार्टीको सानो पंक्तिमात्र केपी ओलीतिर गएको र केही महिना मेहनत गरे पूर्ववत् अवस्थामै पार्टीलाई ल्याउन सकिन्छ भन्ने विवरण तथ्यांकसहित इन्चार्जहरुले प्रस्तुत गर्नुभएको छ। कसैलाई आश्वासन दिएर होइन, विचार र सिद्धान्तकै आधारमा पार्टी बलियो बनाउने हो,’ पन्तले भने। 

यस्ता छन् बैठकका निर्णय

प्रकाशित: Jan 15, 2021| 10:57 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।