आइतबार, भदौ २१, २०८३

कोरोनाबाट थप पाँच जनाको मृत्यु, २७० जनामा संक्रमण 

पछिल्लो २४ घण्टामा देशभर थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

यस्तै देशभरबाट थप ३९० जना संक्रमणमुक्त भएका छन्।

काठमाडौ उपत्यकामा १७२ जना संक्रमित थपिएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८४ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा कुल दुई लाख पाँच हजार १२५ जनाको पीसीआर नमुना परीक्षण भएको छ।

नेपालमा कुल संक्रमितको संख्या दुई लाख ६६ हजार ८१६ पुगेको छ। कोरोनामुक्त हुनेको संख्या दुई लाख ६० हजार ५६७ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३०१ छ। 

पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ९४८ पुगेको छ।

कोरोना संक्रमितमध्ये आईसीयूमा १६५ र भेन्टिलेटरमा ३८ जनाको उपचार भइरहेको छ। यस्तै २३१ जना क्वारेन्टिनमा छन्।
 

प्रकाशित: Jan 15, 2021| 10:52 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।