आइतबार, भदौ २१, २०८३

संविधान र संसदीय दुवै व्यवस्था फेल भए : मोहन वैद्य 

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेपालमा संविधान र संसदीय व्यवस्था फेल भएको बताएका छन्। 
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

विराटनगर– नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेपालमा संविधान र संसदीय व्यवस्था फेल भएको बताएका छन्। 

मोरङको बेलबारीस्थित लक्ष्मीमार्गमा शुक्रबार पत्रकार सम्मेलन गरी उनले नेपालको संसद् विघटन, अमेरिकी संसदमा भएको आक्रमण लगायतका घटनाको उदाहरण दिँदै संविधान र संसदीय व्यवस्था ‘फेल’ भइसकेको दाबी गरेका हुन्।

वैद्यले विश्वमै संसदीय व्यवस्था असफल हुँदै गइरहेको जिकिर गरे। उनले प्रतिनिधिसभा पुनस्र्थापना जनताको अहितमा हुने पनि बताए। उनले भने, ‘संसद पुनस्र्थापना जनतालाई धोका दिने विषय मात्रै हो।’ पुनस्र्थापित संसदले जनताको आकांक्षालाई पूरा नगर्ने र जनजीविकालाई सम्बोधन नगर्ने उनले बताए। 

वैद्यले घोषित आमनिर्वाचन पनि जनताको पक्षमा नहुने बताए। ‘तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने कुरामै अन्योल छ,’ उनले भने, ‘यदि भइहाल्यो भने जनताको हितमा हुने गरी नतिजा आउँदैन।’ निर्वाचनबाट उल्टै फाँसीवादी चरित्रको उदय हुने भएकाले सबै सचेत बन्नुपर्नेमा वैद्यको जोड छ। 

संसदीय व्यवस्था र घिनलाग्दो राजनीति छाडेर जनगणतन्त्रको बाटोमा अघि बढ्नका लागि सबैमा उनले आग्रह गरे। 

नेता वैद्यले साना र क्रान्तिकारी शक्तिसँग कार्यगत एवं पार्टीगत एकता तथा तालमेल गरेर अघि बढ्ने योजनामा आफूहरुको रहेको सुनाए। असहमति रहेका विषयमा सहमति जुटेमा नेत्रविक्रम चन्द ‘विप्लव’सँग पनि पार्टी एकता हुने उनको भनाइ छ। 

पार्टीभित्र पद, प्रतिष्ठा र अहमताको लडाइँका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटनसम्म पुग्नुपर्ने अवस्था सिर्जना भएको वैद्यले बताए। 

प्रकाशित: Jan 15, 2021| 10:21 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।