आइतबार, भदौ २१, २०८३

भारतीय खोपलाई नेपालले दियो अनुमति

नेपाल सरकारले कोभिड–१९ विरुद्धको एउटा खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ।
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

काठमाडौं– नेपाल सरकारले कोभिड–१९ विरुद्धको एउटा खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ।

सिरम इन्स्टिच्युट अफ इन्डियाले तयार गरेको खोप ‘कोभिसिल्ड’लाई औषधि व्यवस्था विभागले प्रयोगका लागि अनुमति दिएको हो। 

सिरमले बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेका नामक कम्पनीसँग मिलेर विकास गरेको खोप हो कोभिसिल्ड। याे खाेप २ देखि ८ डिग्री तापक्रममा राख्नुपर्छ।

विभागले दुई दिन अघिमात्र आपतकालीन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ताको आह्वान गरेको थियो।

भारतमा पनि कोभिसिल्डले अनुमति पाइसकेको छ। कोभिसिल्ड ७०.४३ प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको छ।

प्रकाशित: Jan 15, 2021| 10:06 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।