आइतबार, भदौ २१, २०८३

संसद् विघटनविरुद्ध बुटवलमा मैनबत्ती जुलुस

प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार बुटवलमा नागरिक समाजले मैनबत्ती जुलुस निकालेको छ। 
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

बुटवल। प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार बुटवलमा नागरिक समाजले मैनबत्ती जुलुस निकालेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिकरूपमा प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनलाई निरन्तरता दिएकाले न्यायको दियो नमार्न अपिल गर्दै मैनबत्ती जुलुस निकालिएको हो।

लोकतन्त्र रक्षाका लागि नागरिक आन्दोलन रुपन्देहीको आयोजनामा बुटवल मिलनचौकदेखि राजमार्ग चौराहासम्म हातमा मैनबत्ती बालेर प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरे।

प्रदर्शनलाई सम्बोधन गर्दै नागरिक आन्दोलन रुपन्देहीका संयोजक एवं मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति गोविन्द खनालले प्रधानमन्त्रीले असंवैधानिकरूपमा प्रतिनिधिसभा विघटन गरेर संविधानको हत्या गरेको आरोप लगाए। उनले संसद् विघटनले लोकतन्त्र अपहरणमा परेकाले अब यसको रक्षाका लागि अदालतले संसद् पुनर्स्थापना गर्नुपर्ने माग राखे। 

प्रतिगमनको सिलसिलालाई प्रधानमन्त्री ओलीले निरन्तरता दिँदा मुलुक फेरि द्वन्द्वमा धकेलिएको खनालले बताए। 

उनले अब हरेक सचेत नागरिकले लोकतन्त्र र संविधानको रक्षाका लागि नागरिक समाज सडक संघर्षमा उत्रेको बताए। 

प्रकाशित: Jan 15, 2021| 08:05 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।