काठमाडौं– राजनीतिक रुपमा विभाजित बनेको नेकपाको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान ११ बजे बैठक बस्न लागेको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए।
दाहाल–नेपाल समूहले स्थायी कमिटीको बैठक आजै सक्ने तयारी गरेको छ। आजको बैठकले दोस्रो चरणका आन्दोलनका कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजाने, पार्टीको सांगठनिक संरचनाको पु्नर्गठन लगायतका विषयहरुमा आवश्यक निर्णय गर्ने बताइएको छ।
विभाजित हुनु अघि नेकपामा ४५ जना स्थायी कमिटी सदस्य थिए। अहिले दाहाल नेपाल पक्षमा २८ जना छन भने ओली पक्षमा १६ जना रहेका छन्। वामदेव गौतम भने कुनै समूहमा नलाग्ने घोषणा गरेका छन्।