आइतबार, भदौ २१, २०८३

प्रतिनिधिसभा विघटनविरुद्धका रिटको सुनुवाइ आज पनि 

प्रतिनिधिसभा विघटनविरूद्द दायर भएका रिटमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। 
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

काठमाडौं– प्रतिनिधिसभा विघटनविरूद्द दायर भएका रिटमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। 

अस्ति बुधबार बहस नसिकएपछि ती रिटलाई हेर्दाहेर्दैमा राखिएको थियो।

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा आज पनि मुद्दाको सुनुवाइ हुन लागेको हो।

इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसी र सपनाप्रधान मल्ल छन्।

यसअघि हरिकृष्ण कार्कीलाई राखिएको थियो। तर रिट निवेदकहरुको विरोधपछि कार्कीको ठाउँमा मल्ललाई राखिएको हो।

प्रतिनिधिसभा विघटनसम्बन्धी १३ वटा रिट संवैधानिक इजलासमा विचाराधीन छन्। 

मुद्दा संवैधानिक इजलासमा हेर्ने वा बृहत् पूर्ण इजलासमा हेर्ने भन्ने विवाद कायमै छ। कानुन व्यवसायीहरुले बृहत् पूर्ण इजलासमा हेर्नुपर्ने माग गर्दै आइरहेका छन्।

प्रकाशित: Jan 15, 2021| 04:57 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।