आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हरिद्वारमा विश्वकै ठूलो मेला सुरु, कोरोना फेरि फैलिने चिन्ता

हरिद्वारमा विश्वकै ठूलो मेला सुरु, कोरोना फेरि फैलिने चिन्ता

पहिलो दिन बिहीबार नै करिब १० लाख मानिसले मेला भरेको अनुमान छ।
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

काठमाडौं- कोरोना महामारीका बीच भारतमा विश्वकै ठूलो मेला कुम्भ मेला सुरु भएको छ। गंगा नदीको किनारमा लाग्ने मेलामा विश्वभरबाट लाखौं मानिस उत्तराखण्डको हरिद्वार पुग्छन्।

पहिलो दिन बिहीबार नै करिब १० लाख मानिसले मेला भरेको अनुमान छ। यस वर्षको कुम्भ मेला सात सातासम्म चल्नेछ। 

कोरोना महामारी साम्य नहुँदैै सुरु भएको यो जमघटले संक्रमण फैलाउन सक्ने चेतावनी विज्ञहरुले दिएका छन्।  

हरेक वर्ष यही समयमा कुम्भ मेला लाग्छ। गत वर्ष उत्तर प्रदेशको इलाहबादमा लागेको मेला साढे ५ करोड मानिस सहभागी भएका थिए। 

कुम्भ मेलालाई युनेस्कोले पनि अमूर्त सांस्कृतिक सम्पदाको मान्यता दिएको छ ।

प्रकाशित: Jan 15, 2021| 01:40 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।