आइतबार, भदौ २१, २०८३

नुवाकोटको गोरुजुधाइमा ३ जना घाइते

नुवाकोटको गोरु जुधाइ कार्यक्रममा ३ जना घाइते भएका छन्।
 |  बिहीबार, माघ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १, २०७७

नुवाकोट- नुवाकोटको गोरु जुधाइ कार्यक्रममा ३ जना घाइते भएका छन्।

गोरु जुधाउने क्रममा भीरतिर गएपछि भागाभाग हुँदा तीनजना घाइते भएका हुन्। 

तारकेश्वर गाउँपालिका–३ तारुका, विदुर नगरपालिका–१० बेत्रावती, पञ्चकन्या गाउँपालिका–३ घलेगाउँ, तादी गाउँपालिका–४ सातबीसे र शिवपुरी गाउँपालिका–३ शेराबगरमा गोरु जुधाइ मेला सञ्चालन गरिएको थियो। पाँच स्थानमा गरी हालसम्म ३५ हल गोरु जुधाइएको हो। तारकेश्वरमा भएको गोरु जुधाइमा गोरुले दर्शकहलाई किचेको हो।

तारुकामा मात्रै १४ हल गोरु जुधाइएको थियो। विदुर–१० बेत्रावतीमा ५ हल गोरु जुधाइएको थियो। 

यस्तै पञ्चकन्या–३ घलेगाउँमा पनि हल गोरु जुधाइएको थियो भने शिवपुरी गाउँपालिका–५, शेराबगरमा ३ हल गोरु जुधाइएको आयोजकले जनाएका छन्।

माघेसंक्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजनामा सञ्चालित गोरु जुधाइ हेर्न तारुकाका हजारौँ दर्शक गोरु पुगेका थिए।
गाउँमा विभिन्न स्थानमा गोरु जुधाउने चलनलाई व्यवस्थित गर्दै २०६२ सालदेखिरुपमा एकै ठाउँमा गोरु जुधाउन थालिएको हो।

प्रकाशित: Jan 14, 2021| 14:58 बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।