काठमाडौं– नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले प्रतिनिभिसभा विघटनविरुद्ध जारी आन्दोलनको समीक्षा गर्दै थप कार्यक्रम तय गर्न छलफल गरेको छ।
बैठकपछि स्थायी कमिटी सदस्य रघुजी पन्तले बैठकको मूल एजेन्डा संसद् विघटनविरुद्धको आन्दोलनलाई कसरी प्रभावकारी र सशक्त बनाउने भन्ने नै रहेको बताए। ‘अहिलेसम्म भएको आन्दोलनको समीक्षा गर्दै प्रस्तावित आगामी कार्यक्रमका बारेमा छलफल भयो,’ उनले भने।
बैठक भोलि शुक्रबार बिहान ११ बजे फेरि बस्ने तय भएको छ।