आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चुनाव पनि नहुने संसद् पुनर्स्थापना पनि नहुने अवस्था आउन सक्छ : देउवा

चुनाव पनि नहुने संसद् पुनर्स्थापना पनि नहुने अवस्था आउन सक्छ : देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले चुनाव गराउनेमा आफू विश्वस्त नरहेको बताएका छन्। 
 |  बिहीबार, माघ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले चुनाव गराउनेमा आफू विश्वस्त नरहेको बताएका छन्। 

बिहीबार पर्वतमा आयोजित हरिदत्त तिवारीको १८ औं स्मृति सभामामा देउवाले प्रतिनिधिसभा भंग गरेर ओलीले लोकतन्त्र खतरामा पार्ने काम गरेको बताए। उनले निर्वाचन पनि नहुने र प्रतिनिधिसभा पनि पुनर्स्थापना नहुने खतरा रहेको बताए। ‘ओलीले चुनाव गराउँदैनन्। चुनाव पनि नगर्ने र प्रतिनिधिसभा पनि पुनर्स्थापना नहुने हुन सक्छ,’ देउवाले भने। 

ओलीको कदम असंवैधानिक भएको ठहर गर्दै कांग्रेस आन्दोलनमा होमिएको उनको भनाइ थियो। उनले संसद् विघटनविरुद्धको मुद्दा अदालतमा विचाराधिन रहेकाले अदालतलाई दबाब दिने काम गर्न नहुने बताए। कांग्रेस स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेको उनको भनाइ थियो।

प्रकाशित: Jan 14, 2021| 12:03 बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।