आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धर्मेन्द्र बाँस्तोला पक्राउको विरोधमा विप्लव समूहको देशव्यापी विरोध कार्यक्रम

धर्मेन्द्र बाँस्तोला पक्राउको विरोधमा विप्लव समूहको देशव्यापी विरोध कार्यक्रम

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलाको पक्राउको विरोधमा देशव्यापी विरोधका कार्यक्रम घोषणा गरिएको छ।
 |  बिहीबार, माघ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १, २०७७

काठमाडौं- सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलाको पक्राउको विरोधमा देशव्यापी विरोधका कार्यक्रम घोषणा गरिएको छ।

पार्टीका महासचिव चन्दले एक विज्ञप्ति जारी गर्दै माघ ३ गतेदेखि १० गतेसम्म देशव्यापी विरोधका कार्यक्रम घोषणा गरेका छन्।

चन्दद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँसँगै ब्युरो सदस्य कमरेड विवेक र कमरेड विशाललाई पनि पुलिसले गिरफ्तार गरेको छ। सर्वप्रथमतः हामी कमरेड कञ्चनलगायत कमरेडहरूको गिरफ्तारीको कडा विरोध एवम् घोर भत्र्सना गर्दछौँ।’ 

विज्ञप्तिमा सरकारको दमनले आफूहरुको संघर्ष कहिल्यै नरोकिने चेतावनी दिइएको छ। ‘हामी केपी सरकार र राज्यलाई क्रान्तिकारी पार्टी, नेता–कार्यकर्तामाथिको दमन बन्द गर्न, गिरफ्तारीमा परेका नेता–कार्यकर्तालाई मुक्त गर्न साथै एकीकृत जनक्रान्तिलाई राजनीतिक विषयका रूपमा आत्मसात गर्न आग्रह गर्छौं।’ विज्ञप्तिमा भनिएको छ, ‘राज्यको फासिस्ट दमनले न्यायपूर्ण सङ्घर्ष कहिल्यै नरोकिने, बरु त्यसले एकपछि अर्को उचाइ पकड्दै गएर एक दिन दमनकारी राज्य र यसका सञ्चालक नै समाप्त हुने सत्य स्पष्ट गर्दछौँ।’

‘जनताको अधिकारको हनन्, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी–खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौँ धरौटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो।’ सो समूहले भनेको छ।

उक्त समूहले माघ ३, ५, ७, ९ र १० गते विरोधसभा, प्रदर्शन लगायत नेपाल बन्दको कार्यक्रम सार्वजनिक गरेको छ।

प्रकाशित: Jan 14, 2021| 11:25 बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।