आइतबार, भदौ २१, २०८३

कोभिड खोप आयातका लागि नाम दर्ता गर्न आह्वान 

औषधि व्यवस्था विभागले कोभिड–१९ विरुद्धको खोप आपतकालिन प्रयोगका लागि भित्र्याउन चाहने आयातकर्ता तथा उत्पादकहरुलाई दर्ता प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ।
 |  बिहीबार, माघ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १, २०७७

काठमाडौं– औषधि व्यवस्था विभागले कोभिड–१९ विरुद्धको खोप आपतकालिन प्रयोगका लागि भित्र्याउन चाहने आयातकर्ता तथा उत्पादकहरुलाई दर्ता प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ।

विभागले सूचना जारी गरी विभागमा दर्ता रहेका वा दर्ता गरी आयात गर्ने मनशाय राखेका उत्पादक वा आधिकारिक आयातकर्ताहरुले सम्बन्धित उत्पादकको तर्फबाट आवश्यक कागजातसहित विवरण खुलाई खोपको आपतकालिन प्रयोगको दर्ता अनुमतिका लागि निवेदन दिन सक्ने जनाएको छ। 

विभागले कोभिड–१९ खोपको आपतकालिन प्रयोगका लागि दर्ता गर्दा नेपाल सरकारबाट स्वीकृत भएको औषधि वा खोपको आपतकालिन प्रयोगसम्बन्धी संहिता २०७७ र कोभिड १९ विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोगसम्बन्धी अवधारणापत्रलाई आधार मानिने स्पष्ट पारेको छ।

विभागले आयात गर्नका लागि औषधि ऐन २०३५ (तेस्रो संशोधनसहित) को दफा ९ क को कार्यान्वयनको लागि तथा कोभिड–१९ महामारीको रुपमा फैलिएको संक्रामक रोगको रोकथाम, नियन्त्रण वा निर्मूल गर्न विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका खोपहरु वा त्यस्ता नियामक निकायले अनुमति प्रदान गरेका खोपको उत्पादक सूचीकरण र खोपको आपतकालिन प्रयोग गर्न सकिने जनाएको  ।

विभागका महानिर्देशक भरत भट्टराईका अनुसार विभागमा दर्ता भइसकेका वा भएर खोप ल्याउन चाहने उत्पादक वा तिनले तोकेका आधिकारिक आयातकर्ताले आवश्यक कागजात पेश गरी आयत अनुमति लिन सक्नेछन्। 
 

प्रकाशित: Jan 14, 2021| 11:22 बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।