आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् विघटनविरुद्ध रुपन्देहीमा नागरिक आन्दोलन समिति गठन

संसद् विघटनविरुद्ध रुपन्देहीमा नागरिक आन्दोलन समिति गठन

संसद् विघटन असंवैधानिक कदम भएको भन्दै रुपन्देहीका सामाजिक संघसंस्थाले एकीकृत रुपमा विरोध गरेका छन्।
 |  बिहीबार, माघ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १, २०७७

भैरहवा– संसद् विघटन असंवैधानिक कदम भएको भन्दै रुपन्देहीका सामाजिक संघसंस्थाले एकीकृत रुपमा विरोध गरेका छन्।

यसैबीच जिल्लास्थित सामाजिक संघसंस्थामा क्रियाशील नागारिक अगुवाहरुले संसद् पुनर्स्थापनाको लागि दबाब दिन नागरिक आन्दोलन समिति गठन गरेका छन्।

समितिको संयोजकमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनाल चयन भएका छन्।

यसैगरी सहसंयोजकद्वयमा पत्रकार महासंघ रुपन्देहीका सहसचिव कमल रायमाझी र वुमन केयर नेपालका अध्यक्ष रिता केसी क्षेत्री चयन भएका छन्। भेलाले समितिको सचिवमा पुष्पलाल मित्रता केन्द्रका सचिव गुनाराम घिमिरेलाई चयन गरेको छ । 

मुलुकमा एकपछि अर्को गर्दै लोकतन्त्रमाथि खतरा बढेको र व्यवस्थामाथि नै प्रश्न उठ्न थालेपछि यसको विरोधमा समिति निर्माण गरी लोकतन्त्र रक्षाको लागि नागरिकलाई जागरुक बनाउने अभियान थालिएको नवगठित समितिका संयोजक खनालले बताए।

समितिको सल्लाहकारमा पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईं, संविधानसभा सदस्य विनोद पहाडी, नेपाल प्राध्यापक संघका अध्यक्ष डा. बुद्धबहादुर थापा, पब्लिक क्याम्पस प्राध्यापक संघका अध्यक्ष गोपाल पाण्डे छन्।

प्रकाशित: Jan 14, 2021| 10:48 बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।