आइतबार, भदौ २१, २०८३

तातो फलामले डामेर ‘उपचार’ गर्दा ज्यान गयो

गुल्मीमा रोग पार्ने भन्दै धामीले तातो फलामले डाम्दा एक जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्। 
 |  बिहीबार, माघ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १, २०७७

बुटवल– गुल्मीमा रोग पार्ने भन्दै धामीले तातो फलामले डाम्दा एक जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्। 

इस्मा गाउँपालिका–३ दर्लामचौरका ६४ वर्षिय रामबहादुर मुखियाको धामीले रोग निको पार्न भन्दै तातो फलामले अनुहार र शरीरमा डाम्दा मृत्यु भएको हो। ढाड दुख्ने रोगले सताइएका उनी उपचारका लागि रेसुङ्गा नगरपालिका–१ ओख्रेनी तिनधारा निवासि ३८ वर्षिय रामप्रसाद श्रेष्ठको घर पुगेका थिए। 

धामी श्रेष्ठ र उनकी श्रीमती ३६ वर्षिया शान्तिला श्रेष्ठले आगोमा फलाम तताएर शरीरका विभिन्न भागमा डाम्दै ‘उपचार’ गरेका थिए। बुधबार बिहान ८ बजे मुखिया बेहोस भएको र लगत्तै मृत्यु भएको परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। 

झारफुक गरी उपचार गर्ने वहानामा खाना खान नदिई आगोमा फलामे रड, प्लास्टिक पाइप तथा स्टीलको झाँजर तताई शरीरको विभिन्न भागमा डामी झारफुक गर्ने क्रममा मृत्यु भएको मृतक मुखियाका आफन्तले बताएका छन्। 

बिहान ८ बजे बेहोस भए पनि बिउँझिने भन्दै मध्यान्ह १२ बजेसम्म धामी श्रेष्ठले मुखियाका आफन्तलाई अस्पताल लैजान रोकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुषोत्तम पाण्डेले बताए। मध्यान्हसम्म बेहोस भएका मुखिया नउठेपछि धामी रामप्रसादले नै प्रहरीलाई खबर गरेका थिए।

उनका अनुसार मुखियाको पोष्टमार्टमपछि बिहीबार आफन्तले अन्त्येष्टि गरेका छन्। धामीले तातो फलामले डामेर मृतक मुखियाका जेठा छोरा ३४ वर्षिय हुमबहादुर मुखिया घाइते भएका छन्। उनको अनुहारमा तातो फलामले डाम्दा घाउ लागेको छ। 

यसैगरी रेसुङ्गा नगरपालिका–५ भुवनपानी निवासी ४० वर्षिय टोपला दमाई पनि धामीले तातो फलामले डामेर उपचार गर्दा सख्त घाइते भएकी छन्। उनको अनुहार, शरीरमा घाउ लागेको छ। उनको जिल्ला अस्पताल गुल्मीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको डीएसपी पाण्डेले बताए । 

अन्धविश्वासका आधारमा रोग निको पार्ने भन्दै तातो फलामले डाम्ने दम्पतीलाई गुल्मी प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: Jan 14, 2021| 10:13 बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।