काठमाडौं– राजनीतिक रुपमा विभाजित नेकपाको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै छ।
दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको स्थायी कमिटी सदस्य योगेश भट्टराईले जानकारी दिए।
‘बैठकमा सरकारविरुद्ध जारी आन्दोलनलाई प्रभावकारी बनाउने लगायतका विषयमा छलफल हुनेछ,’ उनले भने।
त्यस्तै पछिल्लो राजनीतिक घटनाक्रम अन्य दलहरुसँग सामूहिक रुपमा अघि बढाउने भनिएको आन्दोलनका विषयमा पनि छलफल हुने उनले बताए। संसद् विघटनपछि देशव्यापी भइरहेका भेला, प्रशिक्षण र सांगठनिक गतिविधिका बारेमा पनि बैठकमा समीक्षा हुनेछ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा राजनीतिक रुपमा विभाजित बनेको छ।
दाहाल–नेपाल समूह संसद विघटनविरुद्ध सडक आन्दोलनमा छ।