आइतबार, भदौ २१, २०८३

मकवानपुरका ४२ विद्यार्थीलाई न्यानाे कपडा वितरण

मकवानपुरका ४२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। 
 |  बिहीबार, माघ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १, २०७७

मकवानपुर– मकवानपुरका ४२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। 

सहयात्राको आयोजना, समृद्धि फाइनान्सको सहयोग तथा योङ्ग पिकासोको समन्वयमा महादेवटारस्थित नटारम्भेश्वर आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो। 

विद्यार्थीलाई स्वीटर, टोपी तथा मोजा वितरण गरिएको छ। कपडा वितरण कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भीमसेन कठायतले न्यानो कपडाले विद्यार्थीलाई पढाइमा सहजता थप्ने, विद्यालयमा नियमित आउने वातावरण बन्ने विश्वास व्यक्त गरे। 

योङ्ग पिकासोका निर्देशक अजय देशारल न्यानो कपडाले विद्यार्थीलाई चिसोका कारण हुने रोगबाट जोगाउनुको साथै विद्यालयमा पनि नियमित हाजिर हुन सघाउ पुर्‍याउने बताए। 

शिक्षकले योजनाअनुसार अध्यापन गराएमा सिकाइ तथा नियमितता दुवै प्रभावकारी हुने भन्दै विद्यार्थीको मनोभावना बुझेर अगाडि बढ्न सकिने सहयात्राका निवर्तमान अध्यक्ष बालमुकुन्द आचार्यले जानकारी गराए। 

विपन्न विद्यार्थी पढ्ने नटारम्भेश्वर आधारभुत विद्यालयका अधिकांश विद्यार्थी जाडो याममा पनि पातलो सर्ट र चप्पलको भरमा विद्यालय आउने गरेका छन्। अधिकांशलाई विद्यालय पुग्न दुई घण्टासम्म हिँड्नु पर्ने बाध्यता छ। 

प्रकाशित: Jan 14, 2021| 05:17 बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।