आइतबार, भदौ २१, २०८३

माघीपर्वका अवसरमा मुख्यमन्त्री भट्टको शुभकामना

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले माघी (माघे सङ्क्रान्ति) पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका प्रदेशवासीको सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामना गरेका छन्।  
 |  बिहीबार, माघ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १, २०७७

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले माघी (माघे सङ्क्रान्ति) पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका प्रदेशवासीको सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामना गरेका छन्।  

उनले आज शुभकामना सन्देश जारी गर्दै सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाई माघी मनाउन अनुरोध गरेका छन्। 

मुख्यमन्त्री भट्टले प्रदेशवासीमा सामाजिक एवं सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन यस पर्वले प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेका छन्।  माघीपर्व थारू समुदायको महत्वपूर्ण पर्वका रूपमा रहेको छ।

प्रकाशित: Jan 14, 2021| 05:15 बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।