आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माघे सङ्क्रान्तिको अवसरमा कांग्रेस सभापतिको शुभकामना

माघे सङ्क्रान्तिको अवसरमा कांग्रेस सभापतिको शुभकामना

कांग्रेसका सभापति शेरबहादुर देउवाले  ‘माघे सङ्क्रान्ति’ का अवसरमा शुभकामना व्यक्त गरेका छन्। 
 |  बिहीबार, माघ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १, २०७७

काठमाडौं– कांग्रेसका सभापति शेरबहादुर देउवाले  ‘माघे सङ्क्रान्ति’ का अवसरमा शुभकामना व्यक्त गरेका छन्। 

उनले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न यस पर्वले सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन्।  

सभापति देउवाले बिहीबार एक विज्ञप्तिमार्फत प्राचीनकालदेखि विभिन्न जातजातिको बसोवासको संगमस्थलका रूपमा रहेको नेपालमा विभिन्न भाषा, धर्म, संस्कृति र चाडपर्वको आफ्नो विशिष्ट पहिचान रहेको तथा एकले अर्काको संस्कृतिलाई आदर, सम्मान गर्ने आफ्नै परम्परा रहको उल्लेख गरेका छन्।  माघ १ गते ‘माघे सङ्क्रान्ति’ लाई ‘मकर सङ्क्रान्ति’  र थारु समुदायमा माघीका रूपमा मनाउने प्रचलन छ। 
 
उनले भौगोलिक, जातीय र सांस्कृतिक विविधतामा रहेको हाम्रो देशमा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भाव बढाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको विज्ञप्तिमा उल्लेख गरेका छन्।

प्रकाशित: Jan 14, 2021| 05:11 बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।