आइतबार, भदौ २१, २०८३

लुम्बिनीमा नेकपा विवादको असर परेको छैन : पोखरेल 

‘प्रदेशसभामा दल एक छ। अहिलेसम्म कसैले अलग भएको घोषणा गरेका छैनन्, त्यसलाई विभाजित गर्ने कुरा स्वीकार्य पनि हुँदैन।’
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपाको विवाद प्रदेशमा प्रवेश हुन नदिने बताएका छन्। उनले लुम्बिनीमा दल विभाजित नभएको बताउँदै प्रदेश सरकारमा समेत त्यसको असर नपरेको स्पष्ट पारेका हुन्। 

पोखरेल नेकपा ओली समूहका नेता तथा प्रदेश इन्चार्ज हुन्।  ‘प्रदेशसभामा दल एक छ। अहिलेसम्म कसैले अलग भएको घोषणा गरेका छैनन्, त्यसलाई विभाजित गर्ने कुरा स्वीकार्य पनि हुँदैन’, माघी पर्वका अवसरमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन मुख्यमन्त्री पोखरेलले भने। 

राष्ट्रिय राजनीति द्वन्द्वमा प्रवेश गरेको भए पनि प्रदेशमा सुन्दर ढंगले सहकार्य भएको उनको भनाइ छ। ‘प्रदेशसभाको दललाई एकीकृत गर्नेछौं’, उनले भने।उनले आफूहरुले नमुना प्रकारको राजनीतिक संस्कार अवलम्बन गरेको दाबी गरे। 

उनले प्रमुख प्रतिपक्ष दलसँग पनि सहकार्य भएको जानकारी दिए। पोखरेलले सत्तासीन नेकपाको अन्तरविरोधलाई प्रादेशिक तहमा नपार्नसमेत अपिल गरे। 

उनले स्थानीय तहमा अन्तरविरोध प्रवेश गराउने कार्य भने लोकतन्त्र विरोधी हुने बताए। 

फरक प्रसंगमा मुख्यमन्त्री पोखरेलले कानुन निर्माण र पुँजीगत खर्च गर्ने प्रदेशका रुपमा स्थापित गर्न सफल भएको बताए। 

उनले साधारण खर्च न्यूनतम गरेको र यसमा स्थानीय सरकारको भूमिका पनि उदाहरणीय रहेको बताए। 

लुम्बिनी प्रदेश ७ वटा प्रदेशमा अब्बल भएको दाबी गर्दै प्रदेशको विकासमा लागि परेको उनको भनाइ छ। 

लुम्बिनी प्रदेश सरकारले प्रत्येक वर्ष माघीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दैै आएको छ।

कार्यक्रममा प्रदेश प्रमुख धर्मनाथ यादव, सभामुख पूर्ण बहादुर घर्ती, मन्त्री र सांसदहरु सहभागी थिए। लुम्बिनी प्रदेशले माघीको अवसरमा दुई दिन बिदा दिएको छ।

प्रकाशित: Jan 13, 2021| 13:03 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।