आइतबार, भदौ २१, २०८३

नेपाल प्रहरीका ११ एसपी एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ११ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन्।
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं- नेपाल प्रहरीका ११ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन्।

जनपद प्रहरी समूहतर्फ रिक्त रहेका ११ एसएसपीमा बढुवा गर्न आज (बुधबार) बसेको बढुवा समितिको बैठकले उनीहरुलाई सिफारिस गर्ने निर्णय गरेको हो।

केही दिनअघि डीआईजीमा बढुवा भएपछि एसएसपीमा रिक्त भएको स्थानमा एसएसपी बढुवा सिफारिस गरिएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार एसएसपीमा बढुवा सिफारिस हुनेहरुमा कृष्णकुमार महत, गोविन्दकुमार साह, उमाशंकर पन्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुईँटेल र मोहनप्रसाद पोखरेल छन्।

प्रकाशित: Jan 13, 2021| 12:50 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।