आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना उपचारको एक वर्ष, सरुवा रोग विशेषज्ञ बास्तोला भन्छन्, हामी अझै महामारीको भुमरीमै छौं 

कोरोना उपचारको एक वर्ष, सरुवा रोग विशेषज्ञ बास्तोला भन्छन्, हामी अझै महामारीको भुमरीमै छौं 

‘हाम्रो अवस्था यस्तै छ, त्यसैले कृपया लापरबाही नगरौं। आफू बचौं, अरूलाई पनि जोगाऊँ। अझै पनि हामी महामारीको भुमरीमै छौं।’
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं– शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालका प्रवक्ता एवम् सरुवा रोग विशेषज्ञ अनुप बास्तोलाले नेपालमा कोरोना महामारी संक्रमण भएको एक वर्ष पुगे पनि अवस्था उस्तै रहेको बताएका छ्न। 

टेकु अस्पतालमा नेपालमा कोरोना भाइरस संक्रमित पहिलो बिरामी भर्ना भएको आज (बुधबार) एक वर्ष पुगेको छ। पहिलो संक्रमितको उपचारमा बास्तोलाको टोली खटिएको थियो।

बास्तोलाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हाम्रो अवस्था यस्तै छ, त्यसैले कृपया लापरबाही नगरौं। आफू बचौं, अरूलाई पनि जोगाऊँ। अझै पनि हामी महामारीको भुमरीमै छौं।’

उनले नेपालीले महामारीमा अपनाउनुपर्ने सबै मापदण्ड मिचिसकेको उल्लेख गरेका छन्। बास्तोलाले भनेका छन्, ‘अस्पतालमा बिरामीको चाप घटे पनि सिकिस्त बिरामी आउने क्रम जारी छ।’

नेपालमा कोभिड भित्रिँदै गर्दा स्वास्थकर्मीमा त्रास र अस्पतालहरुमा भ्रम रहेको उनले स्मरण गरेका छन्। उनले भनेका छन्, ‘संक्रमित टेकुमा मात्र गएकाले  कोबिड महामारी आउनुपूर्व नै अन्य बिरामीका लागि अस्पतालका ढोका बन्द भए।’

उनले कसैलाई कोरोना पोजेटिभ देखिए अस्पताल नै सिल गरिएको अवस्था पनि स्मरण गरेका छन्।  

उनले भनेका छन्, ‘पछिल्ला दिन संक्रमण दर उच्च भएको बेला अस्पतालहरुले कोभिडका बिरामीलाई भकुण्डोजस्तो खेलाएको पनि देखियो, दुहुना गाईझैं दोएको पनि देखियो। सँगसँगै नेपालको समग्र स्वास्थ्य प्रणालीको यथार्थ चित्र पनि छर्लंग भयो।’

यसबाट नेपालीको हैसियत उजागर भएको उनको भनाइ छ। 

सरकारी अस्पतालले जागिर मात्र सोच्ने, जिम्मेवारी बिर्सिने अनि साधनस्रोत भए तापनि त्यसअनुसार बिरामीले सेवा नपाउने अवस्था आएको उनले उल्लेख गरेका छन्। 

बास्तोलाले भनेका छन्, ‘निजी अस्पतालले नाफा मात्रै सोच्ने, जिम्मेवारी बिर्सिने, राज्यबाट छुट लिने अनि राज्य ले तोकेअनुसार सेवा नदिने। यो यथार्थ देखियो, यसमा को बढी र को कम भन्ने मात्रै हो।’

हरसम्भव कोसिस गर्दा पनि बचाउन नसकेका बिरामीका आफन्तको वियोग र निको भएर घर फर्किनेको मुस्कानको बीचमै एक साल बितेकाे उनकाे भनाइ छ। 
 

प्रकाशित: Jan 13, 2021| 12:49 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।