आइतबार, भदौ २१, २०८३

ओलीले राष्ट्रहित विपरीत अर्को काम गरे : रावल 

नेकपा (दाहाल–नेपाल) समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीले राष्ट्रहित विपरीत काम गरेको बताएका छन्।
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं– नेकपा (दाहाल–नेपाल) समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीले राष्ट्रहित विपरीत काम गरेको बताएका छन्। 

भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले सगरमाथामा भारतले दावी गर्नुपर्छ भनेर निन्दनीय अभिव्यक्ति दिने स्थिति सिर्जना गरेर ओलीले राष्ट्रहित विपरीतको काम गरेको रावलको भनाइ छ।

‘नेपालविरोधी अभियान चलाउने भारतीय जी न्युजका सुधीर चौधरीलाई बालुवाटारमा अन्तर्वार्ता दिनुका साथै कालापत्थर घुम्ने प्रबन्ध गरी निजले सगरमाथामा भारतले दावी गर्नुपर्छ भन्ने जस्तो निन्दनीय अभिव्यक्ति दिने स्थिति सिर्जना गर्नु प्रम केपीको राष्ट्रहित विरोधी कार्यको अर्को उदाहरण हो,’ रावलले ट्वीटमार्फत भनेका छन्।  

चौधरीले कालापत्थर पुगेर सगरमाथामा भारतले दावी गर्नुपर्ने बताएका थिए। उनले माउन्ट एभरेष्टको नाम फेरेर माउन्ट सिकदर बनाइनुपर्ने र त्यसका लागि भारतले अभियान चलाउनुपर्ने बताएका थिए।

प्रकाशित: Jan 13, 2021| 12:02 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।