काठमाडौं- नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन्।
बुधबार दिउँसो प्रहरीले उनलाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले जानकारी दिए।
बाँस्तोलासहित प्रकाश शाही, विवेक कुमाल र विश्वास भन्ने व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ।
बाँस्तोला चन्द समूहका तेस्रो वरीयताका नेता हुन्। उनलाई प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो।