आइतबार, भदौ २१, २०८३

केपी ओली समूह सडक छाप पार्टी : नेपाल 

नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली एक्लिएको र उनले नेतृत्व गरेको नेकपा सडक छाप पार्टी भएको टिप्पणी गरेका छन्। 
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली एक्लिएको र उनले नेतृत्व गरेको नेकपा सडक छाप पार्टी भएको टिप्पणी गरेका छन्। 

उक्त समूहले आज बुधबार आयोजना गरेको कार्यकर्ता भेलामा उनले भने, ‘केपी ओलीले लोकतन्त्रको मर्ममाथि प्रहार गर्नुभएको छ। हामी कुनै पद प्राप्तिका लागि होइन, संविधान र लोकतन्त्रको रक्षाका लागि लागेका हौं। ओलीको गुट गलत बाटोमा छ, हामी सही बाटोमा छौं। ओली गुटले फैलाएका भ्रम चिर्न आवश्यक छ। ओली झुटको पुलिन्दा हुनुहुन्छ। उहाँ एउटा खेलाडी पनि हुनुहुन्छ। चतुर त नभनौं, डमरु बजाउँदै टिकट बाँडिरहनु भएको छ। अहिले १५०१ सदस्यीय कमिटी बनाउनु भएको छ।’

केपी ओली कम्युनिस्ट नभएको आरोप नेपालले लगाए। ‘बालुवा पेलेर तेल निस्कन्छ कि भनेर वामदेव कमरेड लागिरहनुभएको छ तर त्यो सम्भव नै छैन। ओली कहिले सुधारिने मानिस होइन। उहाँ कहिले झुक्न खोज्नुहुन्न,’ उनले भने।

प्रकाशित: Jan 13, 2021| 10:09 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।