आइतबार, भदौ २१, २०८३

केपी ओली कमरेड रहेनन् : अष्टलक्ष्मी शाक्य

नेकपा दाहाल–नेपाल समूहकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले केपी ओलीलाई कमरेड भन्न छोडिसकेको टिप्पणी गरेकी छन्। 
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले केपी ओलीलाई कमरेड भन्न छोडिसकेको टिप्पणी गरेकी छन्। 

उक्त समूहको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा उनले भनिन्, ‘उहाँ कमरेड होइन, तानाशाही र प्रतिगमनकारी हो। उहाँ निरंकुश हो। त्यसैले उहाँ कम्युनिस्ट होइन, कमरेड नै रहनु भएन। तानाशाही केपी ओलीविरुद्धको आन्दोलन निर्णायक बन्नेछ। केपी ओलीको कुर्सीमा बस्ने दिन धेरै छैन।’ 

काठमाडौंवासी कहिले पनि निरंकुशताको पक्षमा नलागेको तर्क गर्दै उनले भनिन्, ‘यहाँका मानिस लोकतन्त्र र गणतन्त्र मन पराउँछन्। त्यसैले पनि अब ओलीको कदमविरुद्ध काठमाडौं तात्नेछ। देशभरको आन्दोलनको ज्वारभाटाले ओलीको सत्ता च्यूत हुनेछ। आन्दोलन अब निर्णायक बन्नेछ।’ 

पाँच जनाले स्थापना गरेको कम्युनिस्ट पार्टी र आन्दोलनलाई अहिले एक जनाले सिध्याउन खोजेको आरोप उनले लगाइन्। ‘आज एउटा तानाशाही नेतृत्व जन्मिँदा दुर्भाग्य भएको छ। अहिलेको धक्का क्षणिक हो, अब प्रतिगमनकारी सकिनेछन्। आज केपी ओलीसन्ग कुनै बहुमत छैन। मानिस देखाउनमात्रै आयोजक समिति बनाएको हो।’ 

केपी ओलीको पछि लाग्नेहरुको पनि भविष्य धरापमा पर्ने उनले दाबी गरिन्।
 

प्रकाशित: Jan 13, 2021| 08:46 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।