आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एकताको लागि विवेकशील साझाद्वारा राजनीतिक संवाद समिति गठन

एकताको लागि विवेकशील साझाद्वारा राजनीतिक संवाद समिति गठन

विवेकशील साझा पार्टीले विभिन्न पार्टी, समूह, अभियान र व्यक्तिहरूसँग एकता वार्ताको लागि राजनीतिक संवाद समिति गठन गरेको छ।
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं– विवेकशील साझा पार्टीले विभिन्न पार्टी, समूह, अभियान र व्यक्तिहरूसँग एकता वार्ताको लागि राजनीतिक संवाद समिति गठन गरेको छ।

मंगलबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले नेतृत्वमा पुगेर सुसंस्कार र सुशासनद्वारा देश रूपान्तरणको लक्ष्य हासिल गर्न पार्टीको आकार वृद्धि गर्नुपर्ने निष्कर्षका साथ राजनीतिक संवाद समिति गठन गरेको हो।

केशव दाहालको संयोजकत्वमा गठन भएको समितिमा रमेश पौड्याल, समीक्षा बास्कोटा, अनुपमान सैँजु, रञ्जु दर्शना र पुकार बम सदस्य छन्।

संयोजक दाहालले समितिले आफ्नो तर्फबाट लिने अग्रसरताको अलावा विवेकशील साझा पार्टीसँग मिलेर अघि बढ्न चाहने पार्टी, समूह, अभियान र व्यक्तिहरूलाई समितिसँग सम्पर्क गर्न पनि आग्रह गरेका छन्।

प्रकाशित: Jan 13, 2021| 07:10 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।