आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अनुमतिबिनै कालापत्थर पुगेको थियो भारतीय पत्रकार सुधीर चढेको हेलिकप्टर

अनुमतिबिनै कालापत्थर पुगेको थियो भारतीय पत्रकार सुधीर चढेको हेलिकप्टर

भारतीय न्युज च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी चढेको हेलिकप्टर बिना अनुमति कालापत्थर पुगेको पाइएको छ।
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं- भारतीय न्युज च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी चढेको हेलिकप्टर बिना अनुमति कालापत्थर पुगेको पाइएको छ।

१७ हजार फिटमाथि रहेको कालापत्थर क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जमा पर्छ। त्यहाँ हेलिकप्टर लैजाँदा अनुमति लिनुपर्छ। 

सुधीर चढेको हेलिकप्टर भने बिना अनुमति त्यहाँ पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए। उनले नेपाल समयसँग भने, ‘हामीसँग कुनै अनुमति लिइएको छैन।’ 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले पनि निकुञ्ज क्षेत्रमा भारतीय पत्रकार चढेको हेलिकप्टर अवतरणका लागि कुनै अनुमति नलिइएको जानकारी दिए। 

उनले भने, ‘भारतीय पत्रकार चढेको हेलिकप्टर अवतरणको विभागसँग कुनै अनुमति लिइएको छैन।’ 

आचार्यका अनुसार सार्क मुलुकका नागरिक कालापत्थरमा पुग्दा प्रतिव्यक्त १५०० रुपैयाँ शुल्क लिने गरिन्छ। 

यस्तै छायांकन गर्दा ५० हजार रुपैयाँ शुल्क तोकिएको छ भने हेलिकप्टर अवतरण गर्दा तीन हजार रुपैयाँ शुल्क लिने गरिन्छ।

हेलिकप्टरमा कालापत्थर पुगेका चौधरीले सगरमाथामाथि भारतले दाबी गर्नुपर्ने अभिव्यक्ति दिँदै ‘माउन्ट एभरेस्टको सट्टा माउन्ट सिकदर’ बनाउने अभियान थाल्नुपर्ने बताए।

कालापत्थर पुगेर सगरमाथाको नाम फेर्ने अभिव्यक्ति दिएसँगै उनको विरोध भइरहेको छ। 

जी न्युजको टिम प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिन नेपाल आएको थियो। सोही क्रममा उनीहरू हेलिकप्टर चढेर कालापत्थर पुगेका थिए। 

प्रकाशित: Jan 13, 2021| 06:58 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।