आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाविरूद्धको खोप खरिदका लागि सरकारले माग्यो आर्थिक सहयोग

कोरोनाविरूद्धको खोप खरिदका लागि सरकारले माग्यो आर्थिक सहयोग

कोरोनाविरूद्धको खोप खरिदका लागि सरकारले आर्थिक सहयोग माग गरेको छ। 
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं – कोरोनाविरूद्धको खोप खरिदका लागि सरकारले आर्थिक सहयोग माग गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप खरिदका लागि रकम आवश्यक भएको भन्दै सूचना जारी गरेर आर्थिक सहयोग माग गरेको हो।

‘मन्त्रिपरिषद्को कात्तिक २४ गतेको निर्णयअनुसार नेपाल सरकारबाट आकस्मिक प्रयोगको लागि स्वीकृति प्राप्त भएको खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत् लक्षित समूहहरूलाई निःशुल्क खोप उपलब्ध गराउन ठुलो रकम आवश्यक भएको’ सूचनामा उल्लेख छ। 

मन्त्रालयले रकम संकलन गर्न टेकुस्थित राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयको खाता नम्बर १७००१००१०२०६०००० सार्वजनिक गरेको छ।

सहयोगको लागि मन्त्रालयले दातृ निकाय, विदेशी, विभिन्न व्यावसायिक एवं सामाजिक र परोपकारी संस्था एवं फिल्यान्थ्रोपिक एसोसियसनलाई आह्वान गरेको छ। 

कोषमा रकम जम्मा गर्ने दाताहरूसँग समन्वय र सहकार्य गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षा हुने सूचनामा उल्लेख छ। 

प्रकाशित: Jan 13, 2021| 06:28 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।