आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सगरमाथाको विषयमा भ्रामक प्रचार गर्ने जी न्यूज नेपालमा बन्द गर्नुपर्ने माग

सगरमाथाको विषयमा भ्रामक प्रचार गर्ने जी न्यूज नेपालमा बन्द गर्नुपर्ने माग

सगरमाथाको विषयमा भ्रामक प्रचार गर्ने भारतीय मिडिया जी न्युज नेपालमा बन्द गर्नुपर्ने माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

भैरहवा। सगरमाथाको विषयमा भ्रामक प्रचार गर्ने भारतीय मिडिया जी न्युज नेपालमा बन्द गर्नुपर्ने माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।

दाहाल-नेपाल निकट अनेरास्ववियू जिल्ला कमिटी रुपन्देहीको आयोजनामा बुटवलस्थित मुख्यमन्त्रीको कार्यालय अगाडि विद्यार्थीहरूले नाराबाजीसहित प्रदर्शन गरेका हुन्।

अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य अनुप पोखरेलले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली भारतीय इशारामा चलेको प्रस्ट देखिएको छ। उनी लाज पचाएका मान्छे हुन्। नेपालको प्रधानमन्त्री भन्न पनि लाज लाग्न थालेको छ।’ 

जसले नेपालको अखण्डतामाथि धावा बोल्यो तिनै सुधीर चौधरी र जी न्युज टिमलाई बोलाएर प्रधानमन्त्रीले शिर झुकाउने काम गरेको उनको भनाइ छ। 

‘बालुवाटारमा हामीले तिरेको करबाट भोज खाएका चौधरीले सगरमाथा बेस क्याम्प पुगेर फेरि नेपाल र नेपालीको स्वाधिनतामाथि मिडियामार्फत् आक्रमण गरेका छन्,’ उनले भने। 

विद्यार्थीहरूले नेपालको भौगोलिक अखण्डताविरुद्ध बोल्ने अधिकार कसैलाई नभएको बताए।

प्रकाशित: Jan 13, 2021| 05:07 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।