आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संवैधानिक इजलासमा कार्कीको ठाउँमा सपना प्रधान मल्ल, अरू पुरानै न्यायाधीश

संवैधानिक इजलासमा कार्कीको ठाउँमा सपना प्रधान मल्ल, अरू पुरानै न्यायाधीश

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा सुनुवाइका लागि सर्वोच्च अदालतद्वारा गठित संवैधानिक इजलासमा एक न्यायाधीश फेरिएका छन्। 
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा सुनुवाइका लागि सर्वोच्च अदालतद्वारा गठित संवैधानिक इजलासमा एक न्यायाधीश फेरिएका छन्। 

हरिकृष्ण कार्कीको ठाउँमा न्यायाधीश सपना प्रधान मल्ललाई राखिएको छ। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा संवैधानिक इजलासमा अन्य न्यायाधीश भने पुरानै राखिएका छन्।

न्यायाधीश हरिकृष्ण कार्कीको विषयमा प्रश्न उठेपछि पुस २२ मा उनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा आफू नबस्ने घोषणा गरेका थिए।

केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा कार्की महान्यायाधिवक्ता थिए। साेहीकारण अहिले ओलीलाई विपक्षी बनाएर दायर मुद्दामा बस्न नमिल्ने भन्दै रिट निवेदककर्ता वकिलहरूले नै विरोध गरेका थिए।

त्यसपछि कार्की आफै‌ंले नबस्ने घोषणा गरेपछि आजको सुनुवाइका लागि गठित इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायाधीश मल्ललाई राखेका हुन्। 

बुधबार गठित संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरू मल्ल, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेका छन्। 

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि त्यसविरुद्ध सर्वाेच्च अदालतमा रिट टायर गरिएको थियो।

रिट निवेदक वकिल, अन्य कानुन व्यवसायीलगायतले यो मुद्दा सर्वोच्च अदालतको पूर्ण बृहत् इजलासबाट टुंगो लगाउनुपर्ने माग उठे पनि अहिलेसम्म त्यसको निर्णय भइसकेको छैन।

आज पनि इजलासमा बहस गर्ने वकिलहरूले मुद्दा पूर्ण बृहत् इजलासमा तोकिनुपर्ने माग गर्ने भएका छन्।

प्रकाशित: Jan 13, 2021| 04:47 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।