आइतबार, भदौ २१, २०८३

ट्रम्पलाई तत्काल बर्खास्त गर्न संसद्‌मा बहस जारी

अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बर्खास्त गर्ने प्रस्तावमाथि छलफल भइरहेको छ।
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं– अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बर्खास्त गर्ने प्रस्तावमाथि छलफल भइरहेको छ। पछिल्लो साता अमेरिकी संसद्मा ट्रम्पका समर्थकले हमला गरेपछि उनलाई तत्काल बर्खास्त गर्नुपर्ने प्रस्ताव तल्लो सदनमा पेश भएको हो। 

उपराष्ट्रपति माइक पेन्सलाई राष्ट्रपतिको जिम्मेवारी दिन प्रस्ताव गरिएको छ। सदनमा बहुमत रहेको डेमोक्रेटिक पार्टीले संविधानको २५ औं संशोधनअनुसार ट्रम्पलाई राष्ट्रपति पदका लागि अयोग्य घोषणा गर्नुपर्ने माग गरिरहेको छ।

२५ औं संशोधनअनुसार उपराष्ट्रपतिलाई राष्ट्रपति बन्ने अधिकार हुन्छ, जब राष्ट्रपति आफ्नो जिम्मेवारी निभाउन असमर्थ हुन्छन्।

उपराष्ट्रपतिले तल्लो सदनका सभामुख तथा माथिल्लो सदन सिनेटका प्रेसिडिङ अफिसरलाई पत्र लेखेर राष्ट्रपति पदका लागि योग्य नभएको जानकारी दिनुपर्ने हुन्छ। यस्तो गरेपछि उपराष्ट्रपति तत्काल राष्ट्रपति बन्नेछन्। 

राष्ट्रपतिलाई हटाउन सिनेट र तल्लो सदनमा कुनै प्रस्ताव पारित गर्नका लागि दुईतिहाइ बहुमतको आवश्यकता हुन्छ। 
 

प्रकाशित: Jan 13, 2021| 00:53 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।