हेटौंडा– बागमती प्रदेश सरकारले प्रदेश सुशासन केन्द्रको निर्देशकमा विमल पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ।
आज बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले दोलखाका पोख्रेललाई चार वर्षका लागि निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैठकले सामाजिक विकास मन्त्रालयमार्फत मदन भण्डारी फाउन्ड्सनलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ।
विविध सामाजिक काममा खर्च गर्ने गरी फाउन्डेसनलाई रकम दिने निर्णय भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए।
यस्तै संघीय समपूरक तथा विशेष अनुदानतर्फका आयोजना÷कार्यक्रमहरु प्रस्ताव गर्ने, वैकल्पिक ऊर्जा प्रणाली अनुदान परिचालन, दोलखाको जिलुको एकीकृत बस्तीका दुई करोड ४० लाख दिने, प्रदेशका स्थानीय तहलाई सःसर्त अनुदान उपलब्ध गराउनलगायतका निर्णय गरेको मन्त्री ढुंगेलले जानकारी दिए।