आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नियमित हाजिर नगरेपछि वीर अस्पतालले कर्मचारीको तलब रोक्यो

नियमित हाजिर नगरेपछि वीर अस्पतालले कर्मचारीको तलब रोक्यो

नियमित रुपमा हाजिर नगरेको भन्दै वीर अस्पतालले कर्मचारीको तलब रोक्का गरेको छ।
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

काठमाडौं– नियमित रुपमा हाजिर नगरेको भन्दै वीर अस्पतालले कर्मचारीको तलब रोक्का गरेको छ। अस्पतालका डाक्टर, नर्स र अन्य कर्मचारीले नियमित रुपमा हाजिर नगरेपछि तलब रोक्का गरिएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए। 

नियमीत रुपमा काम गरिरहेकाको पनि हाजिर नदेखिएकाले छानबिन गर्नुपर्ने निर्देशक सेन्चुरीले बताए।। ‘अस्पतालमा इलेक्ट्रोनिक हाजिर गर्ने सिस्टम छ, कसैको आएको समयमा मात्रै हाजिर देखिएको छ भने कसैको गएको समयमा मात्रै हाजिर देखिएको छ। अस्पतालको नियमानुसार अस्पताल आउने र जाने समयमा दुई पटक हाजिर गर्नुपर्छ। २ सयभन्दा बढी कर्मचारीले नियमित हाजिर नगरेको देखिएकाले हाल उनीहरुको तलब रोक्का गरिएको छ,’ निर्देशक सेन्चुरीले नेपाल समयसँग भने, ‘यसको छाननि पछि मात्रै तलब दिइन्छ।’

कर्मचारीहरुले नियमित हाजिर नगर्दा अस्पतालको नियम नै विग्रिएको भन्दै उनीहरुको तलब रोक्का गरिएको अस्पतालका निर्देशक डा सेञ्चुरीले जानकारी दिए। 
 

प्रकाशित: Jan 12, 2021| 11:19 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।