आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपप्रधानमन्त्री पोखरेलसहित तीन मन्त्रीलाई सर्लाहीमा कालो झण्डा 

उपप्रधानमन्त्री पोखरेलसहित तीन मन्त्रीलाई सर्लाहीमा कालो झण्डा 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सरकारमा रहेका मन्त्रीहरुलाई कालो झण्डा देखाउने क्रम बढेको छ।
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

जनकपुरधाम– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सरकारमा रहेका मन्त्रीहरुलाई कालो झण्डा देखाउने क्रम बढेको छ।

नेकपा विभाजित भएपछि ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुलाई ठाउँठाउँमा दिनहुँजसो कालो झण्डा देखाउने काम हुँदै आएको छ। सोही क्रममा आज मंगलबार दिउँसो सर्लाहीमा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीन जना मन्त्रीलाई कालो झण्डा देखाइएको छ।

दाहाल–नेपाल समूहका विद्यार्थी नेताहरुले सर्लाहीको मंगलवामा आयोजित सभामा जाने क्रममा मंगलबार दिउँसो नवलपुरमा कालो झण्डा देखाएका हुन्।

पोखरेलसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री प्रभु साहलाई कालो झण्डा देखाइएको नकेपाको विद्यार्थी संगठन अखिलकी नेतृ आरती लामाले जानकारी दिइन्। 

‘संसद् विघटन गर्ने सरकारका प्रधानमन्त्री र मन्त्रीहरुलाई सबैतिर कालो झण्डा देखाउने कार्यक्रम छ,’ लामाले भनिन्। यसअघि बारामा समेत उपप्रधानमन्त्री इश्वर पोखरेललाई अखिलका नेताहरुले कालो झण्डा देखाएका थिए ।

प्रकाशित: Jan 12, 2021| 11:12 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।