आइतबार, भदौ २१, २०८३

‘ओलीजी सच्चिएर आउनुस् नत्र पछुताउन पर्ला’

‘किचलो हामीले खडा गरेका होइनौं,  केपी ओलीले नै हो खडा गरेको हो,’ उनले भने, ‘अहिले देशको यस्तो अवस्था आउनमा उहाँ नै मुख्य जिम्मेवार हो।’
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

काठमाडौं– राजनीतिक रुपमा विभाजित नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले गल्ती, कमजोरी सच्याएर सही बाटोमा फर्कन सक्ने अझै ठाउँ रहेको बताएका छन्। 

गण्डकी प्रदेश कमिटीले पोखरामा आयोजना गरेको बृहद् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अझै सच्चिन सक्ने ठाउँ रहेको बताएका हुन्।

‘केपी ओलीजी तपाई‍ंले बाटो बिराउनुभएको छ। गल्ती, कमीकमजोरीलाई सच्चाएर अझै फर्किन सक्नु हुनेछ,’ उनले भने, ‘भोलि नत्र इतिहासको रछ्यानमा तपाईं रहनुहुनेछ।’

अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको, जनताको अपमान गरेको भन्दै ओली सच्चिएर आए त्यसले राजनीतिक अर्थ राख्ने बताए।

‘हुन न त वामदेव गौतमजी लागिरहनुभएको छ,’ उनले भने, ‘तर, उहाँलाई सुधार्न सकिन्न। उहाँ आफू भाँचिन तयार हुने तर नसच्चिने मानिस हो।’

केपी ओलीको किचलोका कारण अहिलेको समस्या निम्तिएको भन्दै नेपालले उनको स्वेच्छाचारी र अराजकताका नै प्रमुख कारक भएको बताए।

‘किचलो हामीले खडा गरेका होइनौं,  केपी ओलीले नै हो खडा गरेको हो,’ उनले भने, ‘अहिले देशको यस्तो अवस्था आउनमा उहाँ नै मुख्य जिम्मेवार हो।’

देशलाई अस्थिरतातर्फ लैजाने काम केपी ओलीबाट भएको भन्दै उनले अब संघर्षलाई निरन्तर अघि बढाउनुपर्ने धारणा राखे।  

‘विरोधीलाई तर्साएर तह लगाउन सुरुदेखि नै उहाँले खेल सुरु गर्नुभयो,’ नेपालले भने, ‘केपी ओलीमा इमान पनि छैन। न देश र जनताको पक्षमा काम गर्ने सोच छ।’

प्रकाशित: Jan 12, 2021| 11:03 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।