आइतबार, भदौ २१, २०८३

साइकल र्‍यालीमार्फत राष्ट्रिय एकता सन्देश

२९९ औं राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा आरुबारीमा साइकल र्‍याली आयोजना गरिएको छ।
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

काठमाडाैं– २९९ औं राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा आरुबारीमा साइकल र्‍याली आयोजना गरिएको छ।

र्‍यालीमा पाँच वर्षका बालबालिकादेखि १५ वर्षसम्मका किशोरकिशोरी गरी ५० जना सहभागी रहेको आयोजक ग्राम निर्माण बन्धु मण्डल क्लबका अध्यक्ष दीपक रिसालले बताए।

‘स्थानीयको उत्साहप्रद सहभागिता रह्यो,’ रिसालले भने, ‘केही अविभावकले आफ्ना बाबुनानीका साथ आफू पनि र्‍यालीमा जानुभयो। यसले हामीलाई हौसला मिलेको छ ।’

र्‍याली आरुबारी चोकबाट सुरु भएर हातेमालो, रामहिटी, बौद्धनाथ, जोरपाटी, माकलबारी, गोकर्णेश्वर, पानीखोला हुँदै वडा नम्बर ९ मा पुगेर टुंगिएको थियो।

‘विश्वसामु हामी नेपालीका रुपमा परिचित छौं र नेपाल निर्माणमा पृथ्वीनारायण शाहको योगदान रहेको थियो भन्ने सन्देश किशोर समुदायलाई दिन कार्यक्रम गरेका हौं,’ गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का अध्यक्ष राजीव थापाले भने।

‘नेपाल नै नभएको भए हामी नेपाली कसरी हुन्थ्यौं र ? त्यसैले पृथ्वी जयन्ती हाम्रो परिचयसँग गाँसिएको विषय हो,’ थापाले भने, ‘हाम्रो इतिहास के हो भन्ने सन्देश किशोरवयका पुस्तालाई दिन पनि पुष २७ को महत्त्व छ।’

कोरोना महामारीका कारण विद्यालय बन्द भएकाले सहभागीको संख्या सीमित भएको कार्यक्रमका संयोजक योगेन्द्रमान सिंह बस्न्यातले बताए । 

‘विद्यालय खुलेको भए धेरैको सहभागिता हुने थियो,’ उनले भने, ‘हामीले युवा पुस्तालाई सहभागिताका लागि आह्वान गरे पनि अरु उमेर समूहकाले स्वयंसेवीका रुपमा सहभागिता जनाए।’

पृथ्वीनारायण शाहको जन्मदिन पारेर २००९ सालदेखि नै पुस २७ लाई राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको हो।

०६२/६३ पछि सरकारले सो परम्परालाई तोडेको छ। जनस्तरमा भने एकता दिवस र पृथ्वी जयन्ती विविध कार्यक्रम आयोजना गरेर मनाउने गरिन्छ। 

प्रकाशित: Jan 12, 2021| 10:51 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।