आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट हेर्दाहेर्दैमा, पेसी ११ माघमा 

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट हेर्दाहेर्दैमा, पेसी ११ माघमा 

सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट हेर्दाहेर्दैमा राखेको छ। 
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

काठमाडौं– सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट हेर्दाहेर्दैमा राखेको छ। 

मंगलबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मलता माथेमाको संयुक्त इजलासमा सुनुवाइ भएको थियो। 

आजलाई हेर्न नभ्याइएपछि ११ माघमा अर्को पेसी तोकिएको रिट निवेदक अधिवक्ता दिनेश लामिछानेले जानकारी दिए।   

निवेदकका तर्फबाट आज वरिष्ठ अभिवक्ता शम्भु थापा, डा. चन्द्रकान्त ज्ञवाली र रमण श्रेष्ठलगायतले बहस गरेका थिए।

संसद् विघटनपछि सरकार काम चलाउमा परिणत भएकाले मन्त्रिपरिषद् विस्तार असंवैधानिक भएको भन्दै अधिवक्ता लोकेन्द्रबहादुर वली, केशरजंग केसी र दिनेश लामिछानेले रिट दायर गरेका थिए। 

यसअघि सर्वोच्चले २० पुसमा संसद् विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्नुको लिखित कारण सात दिनभित्र पेस गर्न सरकारलाई आदेश दिएको थियो।  
 

प्रकाशित: Jan 12, 2021| 09:43 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।