आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीले प्रधानमन्त्री पाउनकै लागि राजनीतिक सौदाबाजी गरे : दाहाल

ओलीले प्रधानमन्त्री पाउनकै लागि राजनीतिक सौदाबाजी गरे : दाहाल

राजनीतिक रुपमा विभाजित बनेको नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओलीले प्रधानमन्त्री पाउनकै लागि राजनीतिक सौदाबाजी गरेको खुलासा गरेका छन्। 
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

काठमाडौं– राजनीतिक रुपमा विभाजित बनेको नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओलीले प्रधानमन्त्री पाउनकै लागि राजनीतिक सौदाबाजी गरेको खुलासा गरेका छन्। 

पोखरामा पार्टीको गण्डकी प्रदेश कमिटीले आयोजना गरेको बृहद् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रममा दाहालले प्रधानमन्त्री पदकै लागि ओलीले सौदाबाजी गरेको बताए। 
 
‘केपी ओलीले जबज छोडेर समाजवाद उन्मुख जनताको जनवादमा हस्ताक्षर गरे,’ दाहालले भने, ‘त्यो अहिले उच्च मूल्यांकन गर्दा इमानका लागि हाेइन रहेनछ।’ दाहालले बइमान र छलकपटमा ओली अघि बढेको आरोप लगाए। 

‘पार्टीभित्र विवाद चलेको नाममा संसद् भंग गर्ने र संविधानमाथि आक्रमण गर्ने काम भयो,’ उनले भने, ‘हामी इतिहासको अत्यन्तै संवेदनशील घडीमा आइपुगेका छौं। संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको छ। अहिलेसम्मको उपलब्धिमाथि जबरजस्ती प्रहार गर्ने काम भएको छ।’ 

आन्दोलन  र बलिदानका उपलब्धि रक्षा गर्नका लागि संघर्षमा होमिएको भन्दै दाहालले संसद पुनर्स्थापना नभएसम्म आन्दोलन जारी रहने बताए।

दाहालले केही दिनअघि प्रधानमन्त्री ओलीले जनयुद्धलाई कुहिएको पर्सी भन्दै दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाए।

‘जनयुद्धमा सामेल भएका नेताहरु ओली गुटमा गएको देख्दा आफूलाई लाज लागेको छ,’ उनले भने, ‘माओवादी आन्दोलनलाई यस्तो हिसाबले बेइज्जत गर्दा पनि साथीहरु कसरी बस्न सकेका होलान्?’ उनले हरेकले ती नेताहरुलाई प्रश्न सोध्ने बेला आएको बताए।

प्रकाशित: Jan 12, 2021| 09:26 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।