आइतबार, भदौ २१, २०८३

संवैधानिक आयोगहरूमा भएका नियुक्ति सच्याउन माग 

संवैधानिक आयोगहरूको विभिन्न पदमा भएका नियुक्ति सच्याउन जवाफदेहिता निगरानी समितिले माग गरेको छ।
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

काठमाडौं– संवैधानिक आयोगहरूको विभिन्न पदमा भएका नियुक्ति सच्याउन जवाफदेहिता निगरानी समितिले माग गरेको छ। 

आयोगको छवीलाई स्वतन्त्र र स्वायत्त राख्न नियुक्तिका लागि गरिएको प्रक्रिया सच्याउन र विवादास्पद अध्यादेश फिर्ता लिन समितिले सरकारसमक्ष माग गरेको हो। 

मंगलबार विज्ञप्ति जारी गर्दै समितिले संविधानको मर्म विपरीत ३० मंसिरमा जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र १ पुसमा विभिन्न आयोगमा गरिएको नियुक्ति सच्याउनुपर्ने बताएको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘व्यवस्थापिका संसद् सञ्चालन हुने समयसीमा नजिकिंदै गर्दा विवादास्पद अध्यादेश जारी गरी अपारदर्शी ढङ्गबाट संवैधानिक आयोगहरूमा गरिएको नियुक्ति सिफारिसले सरकारको व्यवहार अलोकतान्त्रिक र स्वेच्छाचारी हुँदै गएको प्रस्ट हुन्छ।’

नियुक्तिका लागि गरिएका सिफारिस पनि संसद् विघटन भइसकेपछि मात्र सार्वजनिक गर्नुले सरकारको नियत थप शंकास्पद देखिएको समितिले जनाएको छ। 

संसद् विघटनको विषय सर्वोच्च अदालतमा विचाराधिन रहेको र विवादास्पद नियुक्तिको बारेमा सार्वजनिक सुनुवाइ गर्ने संयन्त्र पनि नभएकोले यसको विश्वसनियतामा पनि प्रश्न उठेको समितिको भनाइ छ। 

सरकारको यस्तो कार्यशैलीले मुलुक थप अशान्ति र अस्थिरतातर्फ जाने निश्चित भएको समितिको ठहर छ। 

 

प्रकाशित: Jan 12, 2021| 09:25 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।