आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् पुनर्स्थापना नभएसम्म संघर्ष जारी रहन्छ : श्रेष्ठ

संसद् पुनर्स्थापना नभएसम्म संघर्ष जारी रहन्छ : श्रेष्ठ

नेकपाको दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद् पुनर्स्थापना नभएसम्म सडक संघर्ष जारी रहने बताएका छन्।
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

काठमाडौं– राजनीतिक रुपमा विभाजित नेकपाको दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद् पुनर्स्थापना नभएसम्म सडक संघर्ष जारी रहने बताएका छन्।

पार्टीको गण्डकी प्रदेश कमिटीले मंगलबार पोखरामा आयोजना गरेको बृहद् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘अहिले हामी संघर्षमा छौं। यो संघर्षलाई हरहालतमा सफल बनाउनुपर्छ।’ 

प्रवक्ता श्रेष्ठले असंवैधानिक कदमलाई असफल बनाएर प्रतिनिधिसभा पुनर्स्थापना नभएसम्मसंघर्ष जारी रहने बताए। 

संयुक्त संघर्षका लागि अन्य राजनीतिक दलसँग पनि छलफल भइरहेको श्रेष्ठले बताए। 

‘संविधान र लोकतन्त्र रक्षाका लागि फेरि एकजुट हुनुपर्ने अवस्था जरुरी छ। तानाशाही प्रवृत्तिको अन्त्यका लागि हामी सबै होमिनुपर्छ,’ उनले भने। 

प्रवक्ता श्रेष्ठले सर्वोच्च अदालतले संविधानसम्मत फैसला गर्छ भन्नेमा आफूहरु विश्वस्त रहेको बताए। उनले उनले कानुनी र राजनीतिक रुपमा आफूहरू नै आधिकारिक नेकपा रहेको भन्दै भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरे।

प्रकाशित: Jan 12, 2021| 09:02 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।