आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • भिडियो
  • सर्वसाधारणले पुसमा पनि चढ्न नपाउने भए धरहरा, यस्तो छ कामको अवस्था [भिडियो रिपोर्ट]

सर्वसाधारणले पुसमा पनि चढ्न नपाउने भए धरहरा, यस्तो छ कामको अवस्था [भिडियो रिपोर्ट]

‘कोरोनाको दोस्रो लहरका कारण कामदार सहरबाट लाखापाखा लागे। काम गर्न सकिएन। पुसमा कुनै हालतमा काम सकिँदैन’, निर्माण कम्पनीका इन्जिनियर सञ्जय नकर्मीले भने।
 |  सोमबार, साउन १८, २०७८
nespernesper

धीरज बस्नेत

धीरज बस्नेत

सोमबार, साउन १८, २०७८

vianetvianet

काठमाडौं–तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ वैशाख ११ गते धरहरा उद्घाटन गर्दा धेरैलाई लागेको थियो, अब वैशाख १२ गतेबाट धरहरा चढ्न पाइनेछ। तर, आममानिसको त्यो रहर ७ महिना पर धकेलियो। धरहरासँग जोडिएका अन्य संरचनाको काम नसकिएको भन्दै पुसदेखि मात्रै धरहरा खुला गर्ने योजना थियो त्यो।

triton college

सम्झौताअनुसार निर्माण कम्पनी रमन कन्स्ट्रक्सनलाई यस अवधिसम्ममा सबै काम सक्नैपर्ने दबाब छ। तर, दुर्भाग्य सर्वसाधारणले पुसमा पनि धरहरा चढ्न नपाउने भएका छन्।

निर्माण कम्पनीका इन्जिनियर सञ्जय नकर्मीका अनुसार धरहराको काम पुसमा पनि सकिने छैन। धरहराको सबै संरचनाको एकमुष्ट हिसाब गर्दा अहिलेसम्म ५७ प्रतिशत मात्रै काम सकिएको छ। तीन अर्ब ४८ करोड लागतमा बन्ने भनिएको धरहरा निर्माणमा करिब ढेड अर्ब रुपैयाँ सकिएको उनले जानकारी दिए।

‘कोरोनाको दोस्रो लहरका कारण कामदार सहरबाट पलायन भए। काम गर्न सकिएन। पुसमा कुनै हालतमा काम सकिँदैन’, उनले भने। ठेक्का सम्झौताको म्याद थप नगरे धरहरामा ताला लगाएर बाटोबाटै हेर्दै हिँड्नुपर्ने अवस्था आउन सक्छ। रमन कन्स्ट्रक्सनका अर्का एक इन्जिनियरका अनुसार धरहराको सबै काम सकिन। कम्तीमा एक वर्ष लाग्छ। त्यसपछि सर्वसाधारण धरहरा चढ्न पाउने सम्भावना अत्यन्त न्यून छ।

निर्माण कम्पनीका इन्जिनियर सञ्जय नकर्मीका अनुसार धरहराको काम पुसमा पनि सकिने छैन। धरहराको सबै संरचनाको एकमुष्ट हिसाब गर्दा अहिलेसम्म ५७ प्रतिशत मात्रै काम सकिएको छ।

National life insurance

भूकम्पले क्षतिग्रस्त भएको धरहराको तत्कालीन प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते शिलान्यास गरेका थिए। यसको काम दुई वर्षमा सक्नेगरी रमन कन्स्ट्रक्सनले जिम्मा पाएको थियो। तर, कोरोनाको महामारी र लकडाउनका कारण निर्माण कार्य लम्बिएपछि ९ महिना म्याद थपिएको म्याद असारमा सकिनुपर्ने थियो। तर, असारमा पनि काम सकिएन। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुससम्मको म्याद दिएको छ।

धरहरा पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमै ‘मेरो धरहरा म बनाउँछु’, अभियान सुरु गरेका थिए। २०७३ असार २९ को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्त्व विभागसँगको समन्वयमा धरहरा निर्माण गर्ने जिम्मा टेलिकमलाई दिएको थियो। टेलिकमले धरहरालाई व्यावसायिक रूपमा सञ्चालन गर्ने प्रस्ताव गरेपछि पुरातत्त्वले अस्वीकार गरेको थियो। टेलिकमले हात झिकेपछि सरकारले धरहरा निर्माण जिम्मा प्राधिकरणलाई दिएको थियो।

४२ रोपनी क्षेत्रफलमा फैलिने धरहरामा मिन्ट म्युजियम ३० प्रतिशत, धरहरा निर्माणसँगै यसको छेउमा अत्याधुनिक ३ तले सवारी पार्किङ स्थल ७७ प्रतिशत काम भएको छ। धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेस्टुराँ, काम लगायतका काम भइइरहेको छ। धरहरा वरपरका पार्क, पार्किङलगायत थुप्रै संरचना बन्न बाँकी छ। तर, कामै नसकी प्रधानमन्त्रीको दबाबमा पुनर्निर्माण प्राधिकरणले उद्घाटन गरे।

पहिलेको गोश्वारा हुलाक कार्यालयमा प्रवेशद्वार हुनेछ। प्रवेश गरेपछि त्यहाँबाट दुई तलामुनि गएर लिफ्टबाट माथिल्लो भागमा जान सकिनेछ पुनर्निर्माणका क्रममा सुन्धाराको धारा मर्मत गरिनेछ। त्यस क्रममा यसको पुरातात्त्विक महत्त्वलाई कायम राखिनेछ।


प्रकाशित: Aug 02, 2021| 17:54 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।