आइतबार, भदौ २१, २०८३

विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु 

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा गए राति भएको दुर्घटनामा परेर स्थानीय एक युवाको मृत्यु भएको छ। 
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

दमक– झापा र महोत्तरीमा भएका फरक फरक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। 

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा गए राति भएको दुर्घटनामा स्थानीय एक युवाको मृत्यु भएको हो।  

जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति साढे आठ बजे झापाको दमकवाट पूर्वतर्फ मोटरसाइकलमा आउँदै गरेका शिवसताक्षी नगरपालिका ११ का ३८ वर्षीय छविरमण ढकालको मृत्यु भएको हो। झिलझिले निवासी उनी लाइभकियर फर्मास्युटिकलका प्रबन्धक थिए। 

शिवसताक्षी १ स्थित धरमपुरमा पर्ने कमलखोला सडकखण्डमा उनी सवार मोटरसाइकल दुर्घटना भएको हो। मे३प ९८९६ नंको मोटरसाइकलमा सवार ढकाल आफै अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।
 
यस्तै शनिबार साँझ जिल्लाको बुद्धशान्ति गाउँपालिका–३ स्थित धाइजन चोकमा मे१च ५३९६ नंको पिकअप भ्यानलाई विपरीत दिशाबाट आउँदै गरेको मे२प ६९८४ नंको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकलमा सवार अर्जुनधाराका ५० वर्षीय छत्रबहादुर मगरको मृत्यु भएको छ।  

उता महोत्तरीको मनरासिस्वा नगरपालिकामा शनिबार साँझ मोटरसाइकल दुर्घनामा परेर एक भारतीय युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको विहार राज्यको बारा पञ्चायतका २२ वर्षीय रवीन्द्र पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।  

गाउँकै साथी सरोज पासवानसँग अनटेस्ट मोटरसाइकल मनरासिस्वा नपा १ स्थित सडकमा तीव्रगतिका कारण अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा पछाडि बसेका रवीन्द्र गम्भीर घाइते भएर उपचारका लागि जलेश्वर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। 

मृतक भारतीय युवक रवीन्द्रको शव परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको छ। चालक सरोज र दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Jan 10, 2021| 03:45 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।